सुरेश यादव / नवलपरासी ,११ चैत
पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले लागुऔषधमा कसूरमा दोषी ठहर भएपछि जिल्ला अदालत नवलपरासीले तोकेको धरौटी बुझाएर पुनरावेदन गरेका छन्।
अध्यक्ष गुप्ताले धरौटी बुझाएर उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरेसँगै गाउँपालिकाको काममा फर्केका छन्। उहालाई जिल्ला अदालतले गत फागुन २९ गते दोषी ठहर गरेपछि दुई हप्तादेखि उनि गाउँपालिकामा समेत गएका थिएनन्।
अध्यक्ष गुप्तालाई लागुऔषध कसूरमा एक वर्ष कैद र दुई लाख रुपैया जरिवानाको फैसला भएको थियो। अदालतको फैसलामाथि उहाको चित्त नबुझेपछि आईतबार उच्च अदालत बुटवलमा पुनरावेदन गरेका हुन्।
२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा भएको घटनामा अध्यक्ष गुप्ताको निर्देशनमा दुई जनालाई लागुऔषधमा फसाउन षडयन्त्र गरेको भन्दै अदालतले अध्यक्ष गुप्तालाई दोषी ठहर गरेको हो।
अध्यक्ष गुप्तासंगै कसुरदार कायम गरिएका रघुनाथ प्रसाद धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामै रहेका छन् भने पाल्हीनन्दन-३ का विवेक प्रसाद पाण्डे फरार रहेकाले उनको कारबाही स्थगनमा राखिएको छ। यस्तै सोही मुद्दाका आरोपित भारतिय नागरिक रामा साह र जितेन्द्र पासवानले यसअघि नै सफाइ पाईसकेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

