बाग्मतिलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा

वीरगन्ज / दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको तेस्रो खेलमा बाग्मति फुटबल क्लब सर्लाहीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।
आर्दशनगर रंगशालामा जारी खेलमा नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले बाग्मति फुटबल क्लब सर्लाहीलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो ।
सुरु देखि दुबै टिम बिच प्रतिस्पर्धा देखिएको खेलमा पुलिस क्लबले बाग्मतिको पोष्टमा निरन्तर बल प्रहार गरीरह्यो ।
प्लिसले खेलको १६ औ मिनेटमा आफ्नो पहिलो गोल गरेर अग्रता बनाएको थियो । पुलिसका लागी मनिष सेढाईले पहिलो गोल गरे ।


पुलिसले पहिलो गोल गरेको १० मिनेट पछि खेलको २६ औ मिनेटमा बाग्मतिले पनि आफ्नो पहिलो गोल गर्दै खेललाई बराबरमिा पुर्याएको थियो ।
त्यसपछि निरन्तर दुबै टिमको खेलाडीमा रोमान्चक प्रतिस्पर्धा हुन थालेको थियो । पहिलो हाफ सम्ममा एक एक गोलको बराबरीमा दुबै टिमले खेलेका थिए ।
खेलमा आफ्नो पहिलो जितको खोजीमा रहेका दुबै टिमले झन आक्रमक भएर खेल्न थालेका थिए । तर दोस्रो हाफको आधा समय बितिसक्दा बाग्मति बिरुद्ध पुलिस आफ्नो दोस्रो गोल गर्यो ।


खेलको ७७ औ मिनेटमा पुलिसका खेलाडी उज्जवल राईले गोल गरेका थिए । उनले नै गरेको गोल अन्तत निर्णायक साबित भयो । खेलमा म्यान आफ दि म्याच नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजी भएका थिए । उनले नगद १० हजार सहित शिल्ड पनि प्राप्त गरेका थिए ।
मंगलबारको खेलमा मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौंले प्रतिस्पर्धा गर्नेछन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot