सुरेश यादव / नवलपरासी ,१६ फागुन
पश्चिम नवलपरासीको नेपाल मगर संघ नगर समिति सुनवलले ४३ औॅं मगर स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।
नेपाल मगर संघ नगर समिति अध्यक्ष मनबहादुर थापाको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बेल्दै नगरप्रमुख अर्यालले विभिन्न जातजाति ,भाषाभाषी,धर्म संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा सुनवल नगरपालिका तयार रहेको बताउनुभएको छ । उहाले यस आर्थिक बर्षमा नै केहि बजेट बिनियोजन गरेर भएपनि प्रथम सहिद क्या. लखन थापाको मुर्ति स्थपना भएको स्मरण गर्नुभयो। साथै नगरप्रमुख अर्यालले ब्यवस्थित मगरघाट निर्माणको समेत माग आएकाले त्यसलाई आगामी बर्षमा बजेट बिनियोजन गरेर निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेका सुनवल-१ का वडा अध्यक्ष मनबहादुर थापाले मगर समुदायले आफ्नो भाषा-भेषभुषा तथा कला संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनु भएको छ।
उहाँले पछिल्लो समय मगर समुदायले आफ्नो भाषा प्रयोगमा नल्याउदा लोप हुने अवस्था देखिएको भन्दै दुख ब्यक्त गर्नुभयो । साथै मगर समुदायको पहिचार र पुस्ता हस्तान्तरणका लागि सङ्ग्रालय निर्माण गर्नुपर्ने आवश्यकता रहेकोमा उहाले जोड दिनुभयो।

कार्यकममा मगर समुदायको संस्कृति झल्कने गरि विभिन्न भेषभुषामा राष्ट्रिय तथा स्थानिय कलाकारहरु नविन राना मगर, जुना श्रीस मगरलगायतको प्रस्तुति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

