Rashtriya Dainik

बेलासपुर घटनामा पाच बुदे सहमतिपछि परिवारले शबको दहासंस्कार गरे

सुरेश यादव / नवलपरासी ,१५ फागुन

पश्चिम नवलपरासीको पाल्हिन्नदन-३ बेलासपुर घटनामा पाच बुदे सहमति भएपछि परिवारले मृतकको शब स्थानिय झरहि नदिमा दहासंस्कार गरेका छन् ।

जिल्ला प्रशासन कार्यलय परासीमा बसेको सर्वपक्षिय बैठकले पाच बुदे सहमति गरेपछि पिडित पक्षले विजय धवलको शवको दहासंस्कार गरेका हुन् ।पाच बुदे सहमतिमा घटनाको अनुसन्धान गरेर दोषीमाथि कडा कारबाही गर्ने उल्लेख गरिएको छ ।

यस्तै पीडित परिवारलाई राहत उपलब्ध गराउने, घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुको अनुसन्धान गरि निर्दोस भए तत्काल रिहा गर्ने, फरार रहेकाको खोजी गरि नियन्त्रणमा लिने र सामाजिक सद्भाव बिग्रन नदिन एकजुट भएर शान्ति सुरक्षा मजबुत बनाउने सहमति भएको छ ।

प्रेम सम्बन्धका कारण विबाद हुदा पाल्हीनन्दन-३ का विजय धवलको उपचारको क्रममा बुधबार भैरहवा सिटी अस्पतालमा ज्यान गएको थियो । यस्तै झडपका क्रममा कवाड दुकान र इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडीमा आगजनी भएको थियो ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित