नवलपरासी- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी) नवलपरासीको आयोजनामा स्ववियु सम्बन्धि प्रशिक्षण सहितको बैठक सम्पन्न भएको छ । सो बिस्तारित बैठकले रमेश पाण्डेयको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।
स्ववियु निर्वाचनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय सहित भएको उक्त बैठकले ६ सदस्यीय सचिवालय समेत गठन गरेको संगठनले जनाएको छ । बैठकमा जिल्लाका ३ प्रमुख क्याम्पस सहित पाँच वटा शैक्षिक संस्थाका ५५ जना प्रतिनिधि सहभागी थिए ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य मनोज थापा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय लगायतले मन्तब्य राखेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

