Rashtriya Dainik

तनहुँमा सचिव कुट्ने वडाध्यक्ष पक्राउ

तनहु ,६ फागुन

तनहुँको बन्दीपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङ सचिवमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।

सोमबार बिहान वडाध्यक्ष गुरुङले आफ्नै वडाका सचिव नवीन भुसाललाई कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले कुटपिट गरेको आरोप छ।

गाउँपालिकाले वडासचिवमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ। सोही पत्रका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वडासचिव भुसाललाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । वडाध्यक्ष गुरुङ नेकपा एमालेबाट निर्वाचित हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित