आरपि उपाध्याय / नवलपरासी ,६ फागुन
हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा लाग्ने मदारबाबा मेला सोमबार दिउँसोको समयमा विधिवत शुभारम्भ भएको छ।
पश्चिम नवलपरासी सुस्ता २ महलबारी मस्जिदका पिठाधिस मौलाना अमरुल्ला जोलाहा विधि पुर्वक गाजाबाजाका साथ पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ को प्रसैयामा आए लगत्तै विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी समेतको जनप्रतिनिधि र सर्वसाधारणले भव्य स्वागत गरेका थिए।
प्रसैया स्थित पहाडको फेदीबाट मदार स्थानको ठाडो उकालो प्रस्तान गर्नु पुर्व पिठाधिस मौलाना अमरुल्ला जोलाहाले सदियौ पुर्वदेखी लाग्दै आएको मदारबाबा मेलाले हिन्दु र ईस्लाम धर्मावलम्बीहरु बिच सद्भाव र भाइचाराको सम्बन्ध बढ्दै गएको चर्चा गर्दै मदारबाबा मेलालाई पहिचान सहितको मेला बनाउन लोभ,लालचबाट मुक्त भएर मेलाको गरिमा बढाउन सबैमा आग्रह गर्नुभएको थियो।

सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले विनयी त्रिवेणी गाउँपालिका भित्र पिठाधिस जोलाहालाई स्वागत गर्दै अध्यक्ष गिरीले विनयी त्रिवेणी गाउँपालिकाको भूगोल अन्तर्गत रहेको मदारबाबाको आकर्षण बढाउन बाटो, खानेपानी,स्वास्थ्य लगायत कार्यलाई थप निरन्तरता दिदै आएको बताउदै मेलाको आकर्षण बढाउन दीर्घकालीन कार्यक्रम तय गरिने जानकारी दिनुभयो।
मदारबाबा मेला सुस्ता गाउँपालिका २ को महलबारीबाट प्रारम्भ भइ विनयी त्रिवेणी ६ को मदार डाँडा नै मेलाको मुख्य आकर्षण स्थल मानिने गरिन्छ।
४ घण्टाको ठाडो उकालो पहाड पार गरि मदारबाबा मेलामा पुग्ने ठूलो सङ्ख्याका तिर्थालुहरुले पुरानो भाकल चढाउने र नयाँ भाकल माग्ने तथा आफुहरुद्वारा गरिएको भाकल पूरा हुने विश्वासले गर्दा नै मेलाको आकर्षण बढ्दै गएको जन विश्वास रहेको छ।
फागुन ५ गते महलबारी मस्जिदका पिठाधिस मदार स्थानमा पुगे लगत्तै मेला विधिवत प्रारम्भ हुने र आउदो फागुन १३ गतेसम्म मेला लाग्ने गरेको मेला व्यवस्थापन मुल समिति मदारबाबा मजार संरक्षण संस्थाले जानकारी दिएको छ।
मदारबाबा मेलामा शान्ति,सुरक्षालाई भरपर्दो र विश्वसनीय ढङ्गबाट लागू गर्न नेपाल प्रहरीका ५०,सशस्त्र प्रहरी बल नेपालका ७० जना जनशक्तिहरुद्वारा मेलामा शान्ति,सुरक्षा कायम गर्ने कार्यमा खटेको ई.प्र.का. दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिनुभयो।

मदारबाबा मेला सुस्ता गाउँपालिकाको महलबारीबाट प्रारम्भ भइ मेलामा हुने गतिविधि बारे सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले शान्ति,सुरक्षा, खानेपानी,स्वास्थ्य,सडक लगायत कार्यलाई उच्च प्राथमिकताका साथ व्यवस्थापन गरेर तिर्थालुहरुलाई सकेसम्म बढी सुविधा दिने कार्यमा सबै पक्ष कृयाशिल हुनुपर्ने प्रतिक्रिया दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

