Rashtriya Dainik

नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न

बुद्धभूमि,६ फागुन

बुद्धभूमि नगरपालिका–९ स्थित बुद्धभूमि क्याम्पसमा नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को पहिलो बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीका जिल्ला अध्यक्ष बाबुराम खनाल प्रमुख अतिथि रहनुहुन्थ्यो भने क्षेत्रीय संयोजक शुशिला दर्लामीको अध्यक्षता तथा सचिव देवि बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो।

बैठकमा प्रदेश कमिटी सदस्य धर्मराज भुषाल, चन्द्रा भट्टराई, लालबहादुर सुनार तथा महाधिवेशन प्रतिनिधि परिषद सदस्य एवं गुठी संस्थानका राष्ट्रिय बोर्ड सदस्य टेकराज पौडेलले आफ्ना धारणा राख्नुभएको थियो।

समितिमा क्षेत्र नं. २ अन्तर्गतका जिल्ला कमिटी सदस्य, पालिका पदाधिकारी, ३४ वडाका अध्यक्ष तथा मनोनीत तीन जना सदस्य गरी करिब ९५ जना सदस्य सहभागी रहेको बताइएको छ। बैठकले आगामी तीन महिनासम्म सञ्चालन हुने “जरा” अभियानबारे छलफल गरेको थियो, जसबारे जिल्ला अध्यक्ष खनालले विस्तृत जानकारी दिनुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित