Rashtriya Dainik

बर्दघाटमा रहेको न्यू लाईफमा विले ३० औं वार्षिक उत्सव सम्पन्न

प्रकाश न्यौपाने / नवलपरासी ,फाल्गुन ५ गते

पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको न्यु लाइफ माध्यमिक विद्यालयले विद्यार्थी विद्यार्थी केन्द्रित कार्यक्रम गरी वार्षिक उत्सव सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी हाल कृषि पशुपंक्षी विकास मन्त्रालयका उपसचिव शालिग्राम पौडेलको प्रमुख आतिथ्यतामा रहेको थियो ।

विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका विभिन्न प्रतिभाहरूलाई प्राथमिकताका साथ राखेर वार्षिक उत्सव सम्पन्न गरेको छ। फाल्गुन ४ गते आइतबार र ५ गते सोमबार गरी दुई दिनसम्म चलेको ३० औँ वार्षिक उत्सवमा विद्यार्थीका प्रतिभाहरूमा केन्द्रित रहने विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रिन्सपल सन्तोष अधिकाले विद्यालयकाे प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै अधिकारीले विद्यालयले विद्यार्थीहरुलाई केन्द्रीत गरी शैक्षिक र अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिरहेको उल्लेख गर्नु भयो। “हामीले वर्षभरी मा नै विद्यार्थी केन्द्रीत गरेर कार्यक्रम गरिरहेका छौं। अहिले बार्षिक उत्सवमा पनि प्रमुख अतिथी, कार्यक्रम सञ्चालन र खाना महोत्सवसमेत विद्यार्थी हरूले नै सञ्चालन गरेको छन ।” अधिकारीले भन्नु भयो।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारीले यस विद्यालयका पूर्व विद्यार्थीहरु देशको प्रमुख प्रशासनिक निकायमा पुग्न सफल भएकोले समेत विद्यालयकाे नतिजामा हामी देश भरीमा नै अब्बल रहेको छौं। अभिभावकहरूले गर्नु भएको लगानी र देख्नु भएको सपना पुरा गर्न न्यू लाईफ निरन्तर लागि गर्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता व्यक्त गर्नु भयो।

कक्षा नर्सरीदेखि कक्षा १२ सम्म हरेक कक्षाका विद्यार्थीहरूले कक्षागत रुपमै गीत तथा नाच प्रस्तुत गर्ने, अतिरिक्त क्रियाकलापहरूमा भाग लिने खेलकुद प्रतियोगिता गर्ने, उत्कृष्ट नतिजा दिने विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम गरिएको विद्यालयका सञ्चालक डीबि अधिकारीले जानकारी दिनुभयो । विद्यार्थीहरूद्वारा रचित गीत कविता र अन्य प्रतिभालाई प्राथमिकताका साथ उजागर गरिएको छ।

कार्यक्रममा कक्षा ११ र १२ होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरूले खाना महोत्सव समेत सञ्चालन गरेका थिए । जसमा नेपाली तथा चाइनिज एवं साउथ इन्डियन खानाका विभिन्न परिकारहरूको व्यवस्थापन मिलाइएको थियो।विद्यार्थीकै सक्रियतामा तयार पारेकाे विभिन्न खानाका परिकारहरू विद्यार्थीहरूले अतिथिहरूलाई खुवाइएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, नाटक प्रदर्शनी लाखे नाच जस्ता विभिन्न जातजातिका सांस्कृतिक पहिरनमा नृत्य प्रस्तुत गरेका छन् । कार्यक्रममा विद्यालयका सञ्चालक डी वि अधिकारीकाे नेतृत्वमा शिक्षक शिक्षिका हरूले नृत्य प्रस्तुत गरेका छन । प्रथम नेवीकअप २०८१ मा विद्यालयका विद्यालयका विद्यार्थी एवं खेलाडीहरूले प्रथम स्थान हासिल गर्न सफल भएकोमा विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट रु पाँच हजारका दरले प्रति पुरस्कृत गर्दै विद्यार्थीलाई सम्मान गरिएको छ।

विद्यालयका सह प्राचार्य दीनानाथ पौडेलकाे स्वागत मन्तब्य रहेको कार्यक्रममा कक्षा १२ मा अध्ययनरत सानिया पठान, निशा पुन, र कक्षा ९ मा अध्यायनरत विद्यार्थीहरु प्राष्ना न्यौपाने, उपासना अधिकारी,र सूरुची पाण्डेयले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित