Rashtriya Dainik

मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४औं वार्षिकोत्सब धुमधामका साथ सम्पन्न

अभिलाष गुप्ता /बिरगंज ,माघ २९

मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४ औं वार्षिकोत्सब धुमधामका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रम
बिरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटाेल स्थित आफ्नो खेल मैदानमा सम्पन्न भएको छ। यस मुनलाईट इङलिस बोर्डिङ स्कुलको ४४ औं वार्षिक उत्सवको
प्रमुख अतिथी बिरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसियाको आतिथ्यमा सम्पन्न भएको हो भने विशिष्ट अतिथिमा मुनलाईट स्कुलका संचालक श्याम केसी, समजसेवी प्रकाश उपाध्याय,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाई,अध्यक्ष सन्जिव थापा,वडा नम्बर ५ का वडा सदस्य सन्जु दहाल,मनोज साह लगाएतकाहरुको उपस्थिति रहेको थियोे।भने नवदीप एकेडेमीका संचालिका एवं प्रधानाध्यापिका तथा प्याब्सन पर्सा वरिष्ठ उपाध्यक्ष सुशिला साह,मुनलाईट स्कुलका संचालक श्याम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने शुभकामना मन्तव्य प्रिन्सिपल सुल्भ केसिले दिएका थिए।

उक्त वार्षिकोत्सब समारोहमा समजसेवी प्रकाश उपाध्यायले यस बिधालयले शिक्षा क्षेत्रमा धेरै उत्कृष्ट योगदान गरेको चर्चा गर्नुभएको थियो ।बिधालयले आधुनिकता संगै विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा राम्रो गरिरहेको बताए । आफुलाई बिधालयको गतिविधि देखेर धेरै खुशी लागेको र आगामी दिनहरुमा थप यो भन्दा राम्रो अगाडि बढेको देख्न पाउ भनेर शुभकामना दिनुभएको थियो ।

प्रमुख अतिथी प्रदिप चौरसियाका अनुसार स-साना बालबालिकाहरुको नृत्य तथा विभिन्न जातजातिको संस्कार र संस्कृति र उत्कृष्ट शिक्षा प्रदान गरेकोमा उहाँले बधाई समेत दिनुभएको हो ।उहाँले आफुले गर्नुपर्ने सहयोग सधैं जारी रहने प्रतिबद्धता समेत जनाउनु भएको छ।

बिधालयको वार्षिकोत्सब समारोहमा बिधालयले पी.जी. देखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गर्नुको साथै विभिन्न बिधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत सम्मानित गरिएको थियोे ।बिधालयको वार्षिकोत्सब समारोहमा विभिन्न बिधालयका प्रिन्सिपलहरुको उल्लेखनीय सहभागी रहेको थियो।

सो कार्यक्रममा विशिष्ट अतिथी प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी,मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश मानवसेवा,सामुदायिक प्रहरी कुम्हालटाेलका सचिव श्रवण बहादुर रायमाझी,राज होजियारीका राजजी,शिक्षक मार्टिन मोक्तान लगाएतकाहरु एवम् विभिन्न मिडिया बाट आएका सन्चारकर्मीहरुको उपस्थिति रहेको थियोे।

मुनलाईट इङलिस बोर्डिङ स्कुलले बिगत ४४ बर्ष देखि शिक्षा श्रेत्रमा महत्त्वपूर्ण योगदान दिदै आईरहेको बक्ताहरुको भनाई थियोे। आजको कार्यक्रम सहजीकरण मुनलाईट इङलिस बोर्डिङ स्कुलका शिक्षिका पुजा भट्टले गरेकि थिईन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित