Rashtriya Dainik

एच.पि.भी.खोप अभियानमा सहयोग गरिदिन प्रमुख प्रशासकीय अधिकृत रौनियारको आग्रह

राजन कुमार बानिया /पर्सा ,२८ माघ

पर्साको धोबिनी गाउँपालिकामा यहि माघ ३० गतेदेखि सुरु हुनगईरहेको महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पि.भी.खोप अभियान अाज स्वासथ्य शाखा धोबिनीले आयोजना गरेको पालिका स्तरिय खोप समन्वय समिति तथा सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएका छन।

धोबिनी गाउँपालिकाको सभाहलमा अायोजित कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादवले माघ ३० गते देखि फागुन १ गतेसम्म पालिकाको ५ वडामा चल्ने अभियानमा करिब २ हजार ५ सय जना बालिका र किशोरीहरुलाई एच.पी.भी.खोप लगाइने जानकारी गराए ।

उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने बताए ।

माघ ३० गते देखि सञ्चालन हुने एच.पि.भी.खोप अभियानलाई सफल बनाउन धोबिनीका स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।

अभियानका क्रममा कुनैपनि आग्रह पुर्वाग्रह नराखेर स्वास्थ्यकर्मीहरुले लक्षित उमेर समुदयका बालिका र किशोरीहरुलाई खोप लगाउन आग्रहपनि गरे ।

अभियानका क्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधी, शिक्षक, ,राजनीतिकर्मी लगायतलाई अाग्रह गरे ।

एच.पि.भी.खोपको कुनैपनि नकरात्मक असर नभएकाले ढुक्क भएर अाअाफ्ना बालिका र किसोरी हरुलाई उक्त खोप लगाउन गाउँबासीहरु संग अाग्रह समेत गरे।

पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार जना महिला हरुको मृत्यु हुने गरेको अभिमुखिकरणमा जानकारी दिएका छन। बालिका र किसोरी हरुलाई एच,पि,भी खोप लागि सकेपछी पाठेघरको क्यान्सर नहुने बिश्वासर रहेको यादवले बताए । धोबिनी गाउँपालिका भित्र रहेका बालिका र किशोरी हरुलाई निगरानी गरि एच,पि,भी खोप दिलाउनमा सहयोग गरिदिन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार रौनियारले बताए ।

अभिमुखिकरण कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रौनियारको अध्यक्ष्ातामा सम्पन्न भएको छ।

कार्यक्रममा वडाअध्यक्ष अबास मिया, राजकिशोर प्रसाद कुर्मी, बन्धु साह तेलि, शिक्षा शाखा प्रमुख विजकिशोर त्रिपाठी, स्वस्थ्य शाखाका सहसंयोजन मनु पटेल, योजना शाखा प्रमुख पपु पटेल, जिन्शि प्रमुख प्रदीप पटेल, इन्जिनियर रबिभुसन पटेल, तेजेन्द्र माली, गणेश शाही, दिलिप पटेल, कार्यपालिका सदस्य , बिधालयका शिक्षक, स्वास्थ्यकर्मी,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित