Rashtriya Dainik

केपी ओलीका २ मन्त्री राजीनामा दिएर प्रचण्डतिर फर्किन लागेको खुलासा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका २ जना मन्त्री आफूतिर फर्किन लागेको खुलासा गरेका छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड–नेपाल पक्षको विरोध सभामा बोल्दै प्रचण्डले आफ्नो पक्षमा ठूलो संख्यामा नेता कार्यकर्ता फर्कने क्रम बढ्ने बताएका छन् ।

‘हामी कहाँ फर्कनेको लामो लिस्ट छ,’ उनले भने, ‘उहाँले नै बनाएका २ जना मन्त्री फर्कन मसँग वार्ता गरिरहेका छन् ।’

प्रधानमन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा ‘बादल’ असन्तुष्ट भइरहेको विषय बाहिर आइरहँदा अध्यक्ष प्रचण्डको पछिल्लो भनाइ सार्वजनिक भएको छ ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि ओलीसँग असन्तुष्ट रहेको बुझिएको छ । दुबै जना विगतमा प्रचण्ड समूहका रहेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित