Rashtriya Dainik

लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा कपिलवस्तु सम्मानित

धर्मेन्द्र कुमार कुर्मी /बाके , ६ पुस

शनिबार बाँकेकाे नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट कपिलवस्तु सहित प्युठान र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे ।

प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्री अदेश कुमार अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट भएका शाखाका अध्यक्षहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हाे ।

कानूनमन्त्री अादेश अग्रवालले सम्मान पत्र प्रदान गर्दै पत्रकारिता मार्फत उत्पिडित नागरिकका अावाज उठाउन अाग्रह गर्नुभयाे । सुशासन कायम राख्न पत्रकारिता महत्त्वपूर्ण हुने बताउदै विभिन्न विकृति विसंगतिका बिरुद्ध निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।

अग्रवालले नेपालकाे संविधानले जातिय भेदभाव तथा छुवाछूत गर्न नहुने ब्यवस्था गरे पनि दलित समुदायले विभिन्न खालका विभेदहरु भाेग्दै अाएकाे बताउनुभयो ।दलितका मुद्दा तथा बिषयहरुलाई दलित तथा गैर दलित पत्रकारहरुले कलमकाे माध्यमबाट सशक्त रुपमा उठान गरि जिम्मेवार निकायलाई झकझक्याउनुपर्ने अावश्यकता अाैंल्याउनुभयाे ।

शाखा स्थापनापछि नियमित बैठक, निर्णय कार्यन्वयन, क्षमता विकास र सामाजिक कार्य निरन्तर रुपमा गर्दै अाएकाे र पत्रकारिता मार्फत समाज रुपान्तरणमा खेलकाे भुमिकाे उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको राष्ट्रिय दलित पत्रकार संघ,नेपा लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष टेकेन्द्र बस्यालले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित