Rashtriya Dainik

पत्रकार महासंघ कपिलवस्तुका नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण

कपिलवस्तु, पुस ६

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई आज तौलिहवाको तिलौराकोट होटलको शभाहलमा एक कार्यक्रम बिच प्रमाण पत्र वितरण गरिएको छ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका संस्थापक अध्यक्ष नारायण पौडेल, निर्वाचन मंडलका संयोजक सरोज खनाल, शम्भू शैनि, निवर्तमान अध्यक्ष किरनमान वज्राचार्य, मधेश मिडियाका अध्यक्ष मनोज श्रीवास्तव, लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष वसन्त गिरिको आतिथ्यमा आज प्रमाणपत्र वितरण गरिएको छ।
कार्यक्रममा बोल्दै पौडेलले पत्रकारिता बाट जीवन निर्वहमुखी हुन सकिने बताउदै समयसापेक्ष पत्रकारिता गर्न आग्रह गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिदै संख्यातमक शुद्धिकरण भन्दा गुणात्मक शुद्धिकरण गर्न तिर पदाधिकारीलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै श्रीवास्तवले जिल्लामा पत्रकारको शिर झुक्न कुनैपनि काम नगर्न पत्रकारहरूलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै खनालले शुद्धिकरण अझै पनि शुद्ध नरहेको बताउदै सक्रिय पत्रकारलाई अझै महासंघमा आबद्ध गराउनुपर्ने बताए।

कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष डिलाराम भुषालले पत्रकारहरू हामी सबै मिलेर राम्रो कामलाई प्रोत्साहन नराम्रो कामको खबरदारी गर्नुपर्ने बताए।

अध्यक्षमा डिलाराम भुषाल, महिला उपाध्यक्षमा दिपा महत, उपाध्यक्षमा खग प्रसाद चापागाई, सचिवमा सनिउल्ला धोबी, सह सचिवमा नारद कोहार, कृष्ण प्रसाद पौडेल, पितम्बर घिमिरे (हरि) कोषाध्यक्षमा मोहन बेल्बासे लगायत १६ सदस्यि कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको जानकारी गराइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित