आरपी उपध्याय / नवलपरासी ६ पुष
श्री जोगियाभार महिला कृषि सहकारी संस्था सुस्ता २ कुडिया नवलपरासीको १० औं वार्षिक साधारणसभा जानकी मन्दिर कुडियामा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष अन्जु घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाको प्रमुख अतिथि समेत रहनु भएकी सुस्ता गाउँपालिका पुर्व उपाध्यक्ष इन्द्र कुमारी थरुनीले ग्रामीण भेगमा रहेका सहकारी संस्थाहरुले गरिबी उन्मुलनको लागि आर्थिक क्रियाकलाप गर्दै आएको बताउदै उद्देश्य अनुसार गरिने आर्थिक क्रियाकलापको नतिजा पनि सुखद रहने धारणा राख्नुभयो।
साधारणसभामा सुस्ता गाउँपालिका सहकारी संजालका अध्यक्ष डिल्लीराम काफ्लेले आर्थिक क्रियाकलापलाई चलायमान बनाउन वित्तीय अनुशासन महत्वपूर्ण पक्ष रहेको धारणा राख्दै सहकारी संस्थाबाट गरिने आर्थिक क्रियाकलाप जवाफदेही र पारदर्शी हुनुपर्ने जिकिर गर्नुभएको थियो।
कार्यक्रममा महर्षी बचत तथा ऋण सहकारी संस्था महलबारीका व्यवस्थापक थिरलाल अधिकारी, पत्रकार आर.पि. उपाध्याय लगायतले सहकारी गतिविधि माथी प्रकाश पार्नुभयो।
साधारणसभामा अध्यक्ष घिमिरेले अध्यक्षको प्रतिवेदन,कोषाध्यक्ष भगवती काफ्लेले स्वागत सहित कोषाध्यक्षको प्रतिवेदन र व्यवस्थापक कान्ति चौधरीले आयव्यय प्रस्तुत गर्नुभएको थियो।
२०७१ साल चैत्र २६ गते स्थापना भएको संस्थामा हाल २१० महिला सेयर सदस्य रहेको बताइएको छ।
संस्थाकी प्रबन्धक चौधरीले ६६ लाख ५१ हजार ४ सय २० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको जानकारीमा आएको छ।
गत आ.व. मा संस्था शुद्ध नाफा गर्न नसके पनि आउँदो आ.व. मा ९६ हजार ५ सय २९ रुपैयाँ नाफा गर्ने लक्ष्य रहेको साधारणसभामा जानकारी गराइएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

