Rashtriya Dainik

बाल मैत्री वडा स्तरीय र्याली सम्पन्न

ज्ञानेश्वर सहानी / नवलपरासी २४ माघ ।

बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ ।

आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ ।

रामग्राम नगरपालिका वडा न ०९ को वडा बाल सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिका काे सहयाेगमा बाल मैत्री स्थानीय शाशन सम्बन्धित र्याली कार्यक्रम गरिएको छ।

रामग्राम नगरपालिका वडा न: ०९ करमैनी , ललितपुर, जोकवार , पिपरहिया, मधवलिया को टोल टोल बाट निकालेको र्याली वडा कार्यालय मा समापन गरिएको थियो ।

वडा बाल सञ्जाल का अध्यक्ष विजय लक्ष्मी हरिजन काे अध्यक्षता तथा रामग्राम नगरपालिका वार्ड नं ०९ को वडा अध्यक्ष सुनिल कुमार पाठक काे प्रमुख अतिथिक्ता तथा रामग्राम नगरपालिका का बाल मैत्री फोकलपर्सन नगेन्द्र यादव , वार्ड नं ०९ को वडा सदस्य उमेश यादव , वार्ड नं ०९ को वडा सदस्य विपत यादव ,वार्ड नं ०९ को वडा सदस्य शुशिला सिह , ज्ञानमति हरिजन, टोल बिकाश सस्था का अध्यक्ष गगा देवी चाैधरी , सुअाहारा का तिथराज ढुंगाना , समाज सेवी जय प्रकश सिह तथा पत्रकार ज्ञानेश्वर सहानी लगायतको व्यक्ति अतिथिक्ता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य वडा बाल सञ्जाल का कोषाध्यक्ष अन्जली क्षेत्री ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक समाजिक परिचालीका पम्मी गुप्ता गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित