आरपि उपाध्याय / नवलपरासी ,१५ मंसिर
नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखाको आयोजनामा वृहत् रक्तदान कार्यक्रम शनिबार त्रिवेणी स्थित शिवालय मन्दिर परिसरमा सम्पन्न भएको छ।
उपशाखा सभापति रन्नता काफ्लेको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीले रगत नपाएका व्यक्तिहरुलाई रक्तदान कार्य मार्फत नयाँ जीवन पाउने धारणा राख्नुभयो।

कार्यक्रममा त्रिवेणी धाम गजेन्द्र मोक्ष क्षेत्र विकास समितीका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले मानवीय सेवामा समर्पित रेडक्रस सोसाइटीले मानव हितको लागि गरिएको क्रियाकलाप प्रशंसनिय रहेको बताउदै निस्वार्थ भावनाबाट गरिएको सेवा नै रेडक्रस भएको जिकिर गर्नुभयो।
कार्यक्रममा खिना भुसाल,तारा दवाडी, देवी घिमिरे,अमरिता सिग्देल, चिरञ्जीवी ढुंगाना लगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

“रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी र आम सर्वसाधारण गरि कुल २३ व्यक्तिहरुले रक्तदान गर्नु भएको उपशाखाका कोषाध्यक्ष रामकाजी खड्काले जानकारी दिनुभयो।
रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा नवलपुरले प्राविधिक सहयोग उपलब्ध गराएको आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

