उमेश बि.क / नवलपरासी, १४ मंसिर
डिपबोरिङ सन्चालनको लागि राखिएको ट्रान्सफर्मर पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको विभिन्न स्थानबाट चोरी हुन थालेको छ ।
सरावल गाउँपालिका वडा नम्बर २ अहिराैलीमा सिचाइ डिपबोरिङ सन्चालनको लागि राखियको ट्रान्समिटर हिज चाेरी भएको छ।

त्यस्तै गत बर्ष पनि सरावल गाउँपालिका विभिन्न वडाबाट दुईवटा ट्रान्सफर्मर चोरी भएको थियो ।
हिज राति सरावल गाउँपालिका वडा नम्बर २ अहिराैलीमा सिंचाइ प्रयोजनको लागि जडान गरेको विद्युत ट्रान्सफर्मर चोरी भएको छ। त्यस्तै सरावल गाउँपालिका वडा नम्बर ३ गाेइनी र वडा नम्बर ४ गोबरहियामा गत बर्ष सिंचाइ प्रयोजनको लागि जडान गरेको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो ।

अहिराैलीमा २५ एम्पिएरको ट्रान्सफर्मर चोरी भएको स्थानीय रुदल हरिजनले बताउनुभएको छ ।
विद्युत ट्रान्सफर्मर चोरिए पछि भूमिगत सिचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल बन्द भएको छ।
गहु खेतीको समयमा डिप ट्युबवेलबाट हुने सिंचाइ बन्द हुंदा अहिराैलीको दर्जनों किसान समस्यामा परेका छन ।

स्थानीय रुदल हरिजनले भन्नुहुन्छ” किसानको समस्यालाई ध्यानमा राखी आयोजनाले अबिलम्ब अर्को ट्रान्सफर्मर राखेर सिचाइ सेवा संचालन गर्नु पर्छ ।

चोरहरुले ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाएल निकालेर तार बिक्री गर्ने गरेको स्थानीय बासिन्दाले अनुमान ब्यक्त गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

