बाँके १४ मंसिर । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्षले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्थानीय तह कर्मचारी प्रशासन शाखा)ले सरुवा गरेर पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई अस्वीकार गरेका छन् ।
नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले मन्त्रालयले पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको नवराज वलीलाई अस्वीकार गरेका हुन् ।
‘अध्यक्षको सहमति बिना नरैनापुर गाउँपालिकामा मेरो सरुवा भएकोले अध्यक्षले हाजिर गराउने संचारमाध्यमबाट जानकारी प्राप्त भएकोले आफ्नो ज्यानलाई जोखिममा राखेर नरैनापुर नजाने मनसाय बनाएको छु, ‘अध्यक्षले हाजिर नगराउने भए पछि पालिकामा जानुको अर्थ छैन ।’
वलीलाई स्थानिय तह प्रशासन शाखाको मंसिर ९ गतेको निर्णयले अछामको पन्चदेवल विनायक नगरपालिकाबाट सरुवा गरेको थियो ।
हल कार्यरत प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई मनोमानी तरिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरे पछि अध्यक्ष शाहले वलीलाई फिर्ता बोलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तालाई फोन गरेर जानकारी गराइ सकेका छन उनले गाउँपालिका मन्त्रीले चलाएर नचल्ने भएकोले निष्पक्ष रुपमा काम गरिरहेको व्यक्तिलाई सरुवा गरेर पालिकामा भ्रष्टाचार ननिम्त्याउन आग्रह गर्नु भयो ।
गाउँपालिकाको काम प्रभावित भए मन्त्री गुप्ताले नै जिम्मेवारी लिनु पर्ने बताउदैं कानुन बिपरित गरिएको सरुवा रद्द गर्न आग्रह गरे । उनले जनकलाल चौधरीको सरुवा नगर्न भनि लिखित रुपमा नै मन्त्रालयमा पत्राचार गरे पनि गाउँपालिका अध्यक्षको पत्रलाई मन्त्रीले बेवास्ता गरेकाले आफू कडा रुपमा प्रस्तुत हुने जिकिर गर्नु भयो । गाउँपालिका भारतको सिमानामा रहेकोले भौगोलिक अवस्थाको वारेमा अध्ययन नगरि पालिका अध्यक्षको सहमति समेत नलिएर व्यक्तिको राजनीतिक स्वार्थ पुर्तिका लागि सरुवा गरिएकोले वलिलाई हाजिर हुन नदिने यदि हाजिर हुन आएको खण्डमा कुनै अप्रिय घटना भए वलि स्वयंम जिम्मेवार हुने जिकिर गर्नुभयो ।
अध्यक्ष शाहले भने–‘मसँग मन्त्रालयले पनि समन्वय गरेन, प्रमुख प्रशासकीय अधिकृतले पनि समन्वय गरेनन्, अरु कसैसँग मिलेर आएका हुन, हामी विरुद्ध षड्यन्त्र भईरहेको छ ।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

