Rashtriya Dainik

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा अवैध पलाष्टिक बरामद

कृष्णा यादव/ विरगंज २४ माघ

जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा भण्डार गरि राखिएको प्लाष्टिकका सामानहरु नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको प्रहरी टोलीले अबैध रुपमा भण्डारण गरेको ५८ क्वीन्टल ९० किलो प्लाष्टिकका सामानहरू बरामद गरेको हो ।

बिशेष सूचनाको अधारमा भंसार छली चोरी पैठारी गरी प्लाष्टिकका बिभिन्न किसिमका सर-सामानहरु अनाधिकृत रुपमा भण्डारण गरेको भन्ने विशेष सुचनाको अाधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अवैध रुपमा भणडार गरि राखिएको प्लास्टिक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

पर्सा प्रहरीले १० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१० रानीघाट स्थित नामथर वतन नखुलेको व्यक्तिको टिनको छाप्रोको रितपूर्वक खान तलासी गर्दा उक्त छाप्रो भित्र अनाधिकृत रुपमा राखेको ५८ क्वीन्टल ९० किलो ५ लाख ८९ हजार मुल्य बराबरको प्लाष्टिकबाट बनेको सर-सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार बरामद गरिएको सामाग्री आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालय पर्सामा बुझाइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित