Rashtriya Dainik

१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ यज्ञको सातौं दिन

नवलपरासी ,९ मंसिर

पश्चिम नवलपरासीको सुनवल-६ बिशासयमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ – २०८१ का अवसरमा १०८ पिपल धार्मिक स्थलको विकास र अक्षयकोष स्थापनार्थ आयोजना गरिएको महायज्ञ आइतबार साताै दिनको कार्यक्रम सम्पन्न भएको छ।

लिलाधर रिमालको अध्यक्षता तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल (मुन्ना बाबू) काे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाेल्दै कण्डेलले “आउदा (जन्मिदा) नि खाली हात आएका हौं, जादा (मृत्यु) हुँदा नि खाली हातै जाने हो। जे गर्न छ, यही गर्ने हो।” आफ्नो परिवार र अग्रजहरूको सेवा गर्नु नै सबैभन्दा ठूलो पुण्य भएको उल्लेख गर्दै भगवानलाई सन्तुष्ट पार्न दिन-दुःखीहरूको सेवा गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
पुर्वमन्त्री कंडेलले यज्ञ स्थलको विकासमा सघाउने तथा धार्मिक क्षेत्रको प्रचार-प्रसारमा समर्पित प्रयासको महत्त्व समेत औंल्याउनु भएको थियो र आउने दिनमा आवश्यकता परेको खण्डमा सदा सहयोगको लागि अघि र साथ दिने वचन समेत दिनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथि सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको साथमा स्थानीय सामाजिक तथा राजनीतिज्ञ समाजसेवीको उपस्थित रहेको रहेको थियो ।

श्री महलपोखरी देबि भजन समूह र महलपोखरी मन्दिर समितिको संयुक्तमा २६५००० लक्ष्यबत्ती बालिएको कार्यक्रममा तुलादान,देब लिला ( झाकी ), भजन , कृतनको साथमा विभिन्न धार्मिक कार्यक्रमहरू सहित दिवासिय कार्यक्रम समापन भएको जानकारी प्रबक्ता सोमप्रसाद पौडेलले जानकारी दिनु भएको थियो भने कार्यक्रमको संचालन बिष्णु पाण्डेयले गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित