राष्ट्रिय दैनिक / नवलपरासी ,२२ माघ
पश्चिम नवलपरासी पश्चिमको सरावल गाउँपालिकाले मल्चिङ प्रविधिबाट तरकारी खेती गर्ने किसानलाई प्रविधि हस्तान्तरण गरेको छ । बिहीबार पालिकाले ५ जना कृषकलाई मल्चिङ प्रविधि प्रयोग गर्न प्लास्टिक प्रदान गरेको हो ।

पालिकाका अध्यक्ष राधेश्याम चौधरीले २ कठ्ठा जग्गामा तरकारी खेती गर्ने २ र १/१ कठ्ठामा खेती गर्ने २ जना गरी ५ जना किसानलाई जोताइदेखि मल्चिङसम्मका सबै प्रविधिमा सहयोग गरेको जानकारी दिनुभएको हाे।

उनका अनुसार यो प्रविधिबाट खेती गर्न इच्छुकमध्ये ५ जनालाई ८ कठ्ठामा खेती गर्न आवश्यक सबै खर्च पालिकाले बेहोरेको हो । ‘मल, बिउ र प्रविधि सबै बेहोरेका छौँ’, चौधरीले भने, ‘यसको परिणाम हेरेर आगामी कार्यक्रम बनाउँछौँ ।’ सरावलमा ठूलो परिमाणमा उब्जनी हुने गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

