Rashtriya Dainik

सुस्ता गाउँपालिका ५ को ठाडीघाटमा बिराट दङ्गल कुस्ती प्रतियोगिता सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,३० कार्तिक

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ५ को ठाडीघाटमा बिराट दङ्गल कुस्ती प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।
कार्तिक शुक्ल पुर्णीमाको दिन लाग्ने ठाडीघाट मेलाको मुख्य आकर्षण कुस्ती प्रतियोगितामा नेपाल भारतका गरि डेढ दर्जन पहलवानहरुले प्रतियोगितामा भाग लिएका थिए।

कुस्ती प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा भारत उत्तर प्रदेश महाराजगन्जका जितेन्द्र पहलवानले प्रथम स्थान हासिल गरि चाँदीको गदा सहित रु.४० हजार नगद समेत हात पारेका थिए।


त्यसैगरी प्रतियोगिताको दोस्रो स्थानमा यु.पि. गोरखपुरका अजित पहलवान सफल भएका थिए भने तेस्रो स्थानमा मनोज पहलवान घोषित भएको आयोजक समितिले बताएको छ।
प्रतियोगितामा पहिलो,दोस्रो,तेस्रो हुने पहलवानहरुलाई लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देव करण कलवारले नगद सहित अन्य पुरस्कार प्रदान गर्नुभएको थियो।

कार्यक्रममा सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय,प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, नेपालका ख्यातिप्राप्त पहलवान एवं लक्ष्मीनारायण मन्दिर नागाबाबा कुटी त्रिवेणीका पिठाधिस बाबा केशव दास लगायत महानुभावहरुको कार्यक्रममा उपस्थिति रहेको जानकारीमा आएको छ।

सुस्ताको ठाडीघाटमा लाग्ने मेला तथा कुस्ती प्रतियोगिता व्यवस्थापनको लागि सुस्ता गाउँपालिकाबाट ६ लाख रुपैयाँ निकासा भएको सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभयो।
सुस्ता गाउँपालिका वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ अहिरको अध्यक्षतामा बिराट दङ्गल कुस्ती प्रतियोगिताको कार्यक्रम सम्पन्न भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित