Rashtriya Dainik

पुर्नहामा अवस्थित मदरसा इस्लामिया हबिबुल ओलममा शैक्षिक सामाग्री वितरण

राष्ट्रिय दैनिक /नवलपरासी ,३० कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ पुर्नहामा अवस्थित मदरसा इस्लामिया हबिबुल ओलममा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

ईस्लामिक सहयोगी समाजद्वारा सरावल गाउँपालिका वडा नम्बर ४ पुर्नहामा अवस्थित मदरसा इस्लामिया हबिबुल ओलममामा अध्ययनरत २७ जना विद्यार्थीहरुलाई कपि २ वटा, पेन्सिल २ वटा,कटर २ वटा, डटपेन २ वटा,मिटाैना २ वटा लगाएतकाे शैक्षिक सामाग्री वितरण गरिएको हाे।

सरावल ४ का युवा बिदेशमा रहि नेपालका अन्य युवाहरूलाई समावेशगरि ईस्लामिक सहयोगी समाज गठन गरि नेपालमा विभिन्न सामाजिक काम गर्ने उद्देश्य सहित पहिलो चरणमा मदर्शामा शैक्षिक सामाग्री वितरण गरिएको मदर्शाका अभिभावक संघका अध्यक्ष जहिर खाँले बताउनुभयो । खाँले युवाहरु बिदेशमा भएपनि सानाे प्रयास अगामि दिनमा ठुलो हुने भन्दै गरिएको सहयोगकाे प्रशंसा गर्नुभएको थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा मदरसाको अध्यक्ष दरबारी मुसलमान ,मदरसा अभिभावक संघ अध्यक्ष जहिर खान, समाजसेवी सुबास गुप्ता लगाएतकाे सहभागीता रहेको थियो ।

शैक्षिक सामाग्रीले विद्यार्थीको शैक्षिक विकासमा मद्दत पुग्ने अभिभावकहरुले बिश्वास ब्यक्त गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित