उमेश बि.क /नवलपरासी ,३० कार्तिक
पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका वडा नम्बर ७ बस्ने २४ बर्षिय युवा अनलाइनमा बालयौन दुर्व्यवहारको सामाग्री प्रसारण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले प्रतापपुर गाउँपालिका-७ बस्ने २४ वर्षीय अमन प्रताप हरिजनलाई बिहीबार पक्राउ गरेको हो ।
प्रहरीको साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको सहयोगमा उनलाई नवलपरासीबाटै पक्राउ गरेको साइबर ब्यूरोका प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका हरिजनविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

