Rashtriya Dainik

भारतीय भाेजपुरी चर्चित अभिनेता तथा गायक खेसारीलाल यादव रुपन्देही आउदै

उमेश बि.क /रुपन्देही ,३० कार्तिक

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ सितलपाटी दर्बहवा मेलामा यहि मंसिर १ गते भाेजपुरी सुपर स्टार खेसारीलाल यादव आफ्नो प्रस्तुतिकाे लागि आउने भएका छन ।

प्राप्त जानकारी अनुसार भारतीय चर्चित अभिनेता तथा गायक खेसारीलाल यादव आफ्नाे प्रस्तुतिका लागि भाेलि शनिबार दर्बहवा मेलामा आउने भएका छन ।

शनिवार दिउसाे १ बजे को दरबहवा मेलामा लाइव शो काे लागि गायक तथा अभिनेता यादव आउने मेला इभेन्ट म्यानेजर किशोर यादवले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

मेला कार्तिक २९ गते सन्चालनमा रहेको छ । भने मेला मंसिर ५ गतेसम्म सन्चाल रहने इभेन्ट म्यानेजर यादवले बताउनुभयो ।

खेसारीलाल यादव आउने भएपछि प्रचारप्रसार तिब्र भएको छ । गायक तथा अभिनेता खेसारीलालकाे लाइभ शाे हेर्नका लागि स्थानीय जनता उत्साहित भएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित