Rashtriya Dainik

हाटी बनगाई स्वास्थ्यचौकी भवन उद्दघाटन 

तुलसीराम पौडेल /रुपन्देही ,कार्तिक २८ 

रुपन्देहीको मायादेवी गाउँपालिका -७ स्थित हाटी बनगाइ 

स्वास्थ्यचौकीको नव निर्मित भवन बुधबार उद्दघाटन भएको छ। लुम्बिनी प्रदेश सदस्य तथा पुर्व मन्त्री माननीय सन्तोष पाण्डेले एक कार्यक्रमका बीच उक्त भवनको उद्दघाटन गर्नुभएको हो ।सो अवसरमा बोल्दै पुर्व मन्त्री पाण्डेले स्वास्थ्यचौकीको लागि आवश्यक थप भवनको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।लुम्बिनी प्रदेश सभा सदस्य देवि प्रसाद चौधरीले स्वास्थ्यचौकिको थप निर्माणको लागि सहयोग गर्ने बताउनुभयो । मायादेवी गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीले स्वास्थ्य चौकीका सेवा ब्यवस्थापनका लागि पालिकाको तर्फबाट सहयोगमा कमि नहुने बताउनु भयो । गाउँपालिका प्रवक्ता तथा वार्ड नम्बर ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डेले 

स्वास्थ्यचौकीका बाकी अधुरा कार्य सम्पन्न गर्न प्रदेश तथा गाउँपालिकाबाट  सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजसेवी सुवासचन्द्र यादव ,वडाका पुर्व अध्यक्ष रमाशन्कर यादव ,मायादेविका पुर्व स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेय लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

स्वास्थ्यचौकी प्रमुख रुद्रबहादुर रोकाहको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन मायादेवी स्वास्थ्यशाखा प्रमुख प्रभुनाथ चौधरीले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित