धर्मेन्द्र कुमार कुर्मी / कपिलवस्तु ,२८ कार्तिक
कपिलवस्तु जिल्लाकाे कृष्णनगरमा लागू ओैषधकाे ठुलाे परिमाणसहित एक जना पक्राउ परेका छन ।
कृष्णनगर प्रहरीले लागू ओैषधकाेअहिलेसम्मकै ठुलाे परिमाणमा बरामद गरेकाे हाे ।
कृष्णनगर वडा ३ हनुमानगढी नजिकै शंकास्पद अवस्थामा दक्षिणबाट उत्तर तर्फ पैदल हिडदै गरेका झण्डेनगर बस्ने बर्ष १९ का सिकन्दर चौहानलाई खानतलासी गर्दा तेह्र हजार ट्रमाडाेल क्याप्सुल बरामद गरेकाे प्रहरी नायब उपरिक्षक माेहनमणि अधिकारीले बताउनु भएकाे छ ।
चाैहानले बाेकेकाे प्लास्टिक बोरा खानतलासी गर्दा छ सय पचास पत्ता ट्रमाडाेल कुल १३ हजार क्याप्सुल बरामद गरिएकाे इप्रका कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे हाे ।
लागू ओैषधसहित एक थान माेबाइलसमेत बरामद गरिएकाे छ भने निज चाैहानलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेकाे निरिक्षक खत्रीले बताउनुभयाे ।
जिल्लामै अहिलेसम्मकाे यति ठुलाे मात्रामा लागुओैषध बरामद गरिएकाे याे घटना पहिलाे पटक रहेकाेले प्रहरी निरिक्षक सुरज खत्रीकाे कार्यकुशलताकाे चाैतर्फी प्रशंशा भईरहेकाे छ ।
विगतमा पनि दर्जनौं व्यक्तिलाई चरेस , ब्राउन सुगर लगायतका लागू ओैषध बरामद गरेर कराेबारीहरुकाे सिन्डिकेट भत्काउन कृष्णनगर प्रहरी सफल भएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

