Rashtriya Dainik

चीनमा कारको ठक्करबाट ३५ जनाको मृत्यु

काठमाडौं ,कार्तिक २७

चीनको झुहाईमा एउटा कारले रंगशाला बाहिर कसरत गरिरहेका मानिसहरुको भीडलाई कारले ठक्कर दिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

चिनियाँ सञ्चार माध्यामले सो घटनामा ३५ जनाको मृत्यु भएको र ४३ जना घाइते भएको उल्लेख गरेका छन् । चिनिया अधिकारीहरूले यसलाई ‘गम्भीर आक्रमण’ भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते हुनेमा ठूलो संख्यामा वृद्ध, युवा र बालबालिका रहेका छन् ।

कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरेपनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको पनि जानकारी दिएको छ ।

यस सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराका बीच यो घटना भएको बताइएको छ । प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्धविच्छेदपछि सम्पत्तिको टुङ्गोमा चित्त नबुझेकाले मानिसको भिडमा गाडी चढाएको प्रहरीले जनाएको छ ।

कार चालक अहिले बेहोस रहेकाले प्रहरीको प्रश्नको जवाफ दिनसक्ने अवस्थामा नरहेको रिपोर्टमा उल्लेख छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित