Rashtriya Dainik

सुस्ता ४ मा लागू पदार्थ दुर्ब्यसनी,याैन र महिला हिंसा,बाल विवाह,चेलीबेटी बेचविखत सम्बन्धि सचेतना

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ कार्तिक

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ४ नर्सहीमा लागू पदार्थ दुर्ब्यसनी , याैन र महिला हिंसा ,बाल विवाह ,चेलीबेटी बेचविखत तथा सामाजिक कुरीति सम्बन्धी सचेतना कार्यक्रम शुभारम्भ भएको छ।

सुस्ता गाउँपालिका वडा नम्बर ४ कार्यालयकाे आयाेजनामा कक्षा ८ का नेपाल राष्ट्रिय मा.बि नर्सहीका १०० जना विद्यार्थीहरुलाई समावेश गरि सचेतना गरिएको हाे।

कार्यपालिका सदस्य मुना पुनकाे अध्यक्षता तथा सुस्ता गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष निल बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच तालिम शुभारम्भ भएको हाे । तालिमकाे उदघाटन कार्यक्रममा नेपाल राष्ट्रिय मा.बि नर्सहीका प्र.अ राजेश पाण्डेय ,वडा सदस्य भान कुमार भर लगाएतकाे उपस्थिति रहेको थियोे ।

तालिमकाे सहजिकरण पत्रकार आरपि उपाध्याय र उमेश बि.क ले गर्नुभएको थियोे । तालिम ३ दिनसम्म सन्चालन हुने सुस्ता गाउँपालिका वडा नम्बर ४ कि वडा सचिव भाेज कुमारी जाेशीले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित