संजय कुशवाहा / नवलपरासी २३ माघ
पश्चिम नवलपरासीमा प्रहरीद्वारा ५ वटा चोरीका मोटरसाईकल सहित चोरी कारोवारमा संलग्नमा ५ जना मानिसलाई जिल्लाको बर्दघाट तथा रामग्राम एरियाबाट पक्राउ गरेको हो । बिहीबार चेकजाँच गर्ने क्रममा मोटरसाईकल संग प्रमाण लाग्ने कुनै पनि कागजपत्र नभएका कारण रामग्राम नगरपालिका वडा न .१४ स्थितबाट २ जना चालक सहित २ वटा मोटरसाइकल र बर्दघाट नगरपालिका वडा न . ७, १२ र १४ बाट १/१ जना चालक सहित ३ वटा मोटरसाइकल पक्राउ गरिए छ ।
उक्त पक्राउ गरिएको प्रदेश न.५ लु ६४ प ६३५७ ,लु ४० प ८९११ , लु ४० प ८२ ७७ , लु १५ प ६१४८ र अन टेक्स्ट् बुलेट मोटरसाइकल र मोटरसाईकल चलाउने ५ जनालाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तीहरु विरुद्ध चोरी मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

