म्यानमार : लोकतान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको म्यानमारको सैनिक शासकले फेसबुकमा रोक लगाएको छ । अनलाइन सूचना प्राप्तिका लागि सामाजिक सञ्जाल माध्यम बनेकाले देशमा स्थायित्व कायम राख्न फेसबुकमा रोक लगाइएको अधिकारीहरूले जनाएका छन् ।
सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउने गरेका थिए । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको हो । झन्डै साढे ५ करोड जनसंख्यामध्ये आधाले फेसबुक चलाउँछन् भने सैनिक ‘कु’विरुद्ध ऐक्यबद्धता जनाउन फेसबुक पेजै तयार पारिएको थियो ।
कुनै महँगो मोबाइल डाटा प्रयोग गर्न नपरोस् भनेर फेसबुकले म्यानमारमा बिनाकुनै अतिरिक्त डाटा शुल्क यसलाई प्रयोग गर्ने अनुमति दिएको छ । फेसबुकले सैन्य शासकद्वारा लगाइएका प्रतिबन्धको पुष्टि गर्दै त्यहाँका अधिकारीहरूलाई सम्पर्क पुनःस्थापना गर्न आग्रह गरेको छ । यसो गरे मात्र म्यानमारका जनताले साथीभाइ र परिवारसँग कुराकानी गर्न र महत्वपूर्ण सूचना पाउन सक्ने फेसबुकले जनाएको छ ।
म्यानमारका मुख्य सहर यंगुन र दोस्रो ठूलो सहर मांडलेमा पनि विरोध प्रदर्शन भइरहेका छन् । -(बीबीसी)
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

