राष्ट्रिय दैनिक / नवलपरासी ,२२ माघ
डब्लु डब्लु जे पश्चिम नवलपरासीको अध्यक्षमा मालती न्यौपाने सर्व सहमतिबाट चयन हुनुभएको छ।
क्रियासिल पत्रकार महिला डब्लु डब्लु जे पश्चिम नवलपरासीको पहिलो भेला बिहिबार बर्दघाटमा सम्पन्न भएको छ । उक्त भेलाले पत्रकार मालती न्यौपानेको अध्यक्षतामा ७ सदस्यिय जिल्ला कार्यसमति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा पत्रकार सिता शर्मा, सचिवमा आरती राना र कोषाध्यक्षमा विष्णु खनाल चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सुनयना चौधरी, भावना पाण्डे र रेनुका चौधरी रहनुभएको छ । भेला निवर्तमान अध्यक्ष धनु भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो । क्रियाशिल महिला पत्रकार समुहले महिला पत्रकारको हकहितका लागी काम गर्दे आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

