उमेश बि.क / नवलपरासी ,२२ माघ
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. २ मा पालिका स्तरीय च्याउ खेति तालिम सुरु भएको छ ।
प्रतापपुर गाउँपालिकाकाे अायाेजनामा तथा पहिलो खुड्किला रुपन्देहीको प्राबिधिक सहयाेगमा बुधबारदेखि तालिम सुरु भएको हाे ।
वडा नम्बर २ काे वडा अध्यक्ष इश्वरी प्रसाद थारुकाे अध्यक्षता तथा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चाैधरी प्रमुख अातिथ्यतामा तालिम उदघाटन भएको हाे।

कार्यक्रममा बाेल्दै कार्यवाहक चाैधरीले तालिम लिएर ब्यवसायिक रुपमा लाग्नुपर्ने बताउदै जनताको जीवन स्तर उकास्न सुरु गरिएकोे च्याउ खेतिले प्रतापपुर गाउँपालिकाकै नमुना बन्न सक्ने बताउनु भएको हाे।
तालिममा पालिका अन्तर्गताका ४५ जनाकाे सहभागीता रहेको छ। ६ दिनसम्म सन्चालन हुने तालिमकाे सहजिकरण काेमल थारुले प्रशिक्षण गर्ने अायाेजकले जानकारी दिइएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

