Rashtriya Dainik

देरो देश मेर‍ो दायित्व काठमाडौंद्वारा अतिविपन्नलाई निशुल्क कपडा वितरण

उमेश बि.क ,नवलपरासी /२१ माघ

पश्चिम नवलपरासीको पाल्हिनंदन गाउँपालिका ४ मा निशुल्क कम्बल तथा साडी वितरण गरिएको छ ।

देरो देश मेर‍ो दायित्व काठमाडौंकाे अायाेजना तथा युवा सचेना संस्थाकाे सहअायाेजनामा निशुल्क कम्बल तथा साडी वितरण गरिएको हाे ।

एस कार्कीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जैसवालकाे प्रमुख अातिथ्यतामा २०० अतिविपन्नहरुलाई कम्बल , साडी तथा कपडा निशुल्क वितरण गरिएको हाे।

निशुल्क कपडा वितरण कार्यक्रममा
ईमामुल अली , सारदा कार्की , वडा नं. ५ का वडा सदस्य यकबाल देवान, तबरेज अालम,महेन्द्र कुमार यादव तथा खालिद शेष लगाएतकाे सहभागीता रहेकाे थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित