वीरगंज / २१ माघ
देशको सिमानाकामा मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा पर्सा जिल्ला ब्यापकरुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।
पर्सा जिल्लामा रहेको सिमानाकाहरुवाट तस्करहरूले सशस्त्र प्रहरी वीरगंज भन्सार, सबैठवा , भिस्वा , भिखमपुर, र्मिजापुर, महादेव पर्टी नाकामा रहेको विअोपीको सहयोगले भारतवाट लत्ताकपडा , हाडयेवर, जुत्ता चप्पल , रजनिगंधा राजनिवास ,गाई , भेैसी , रङ्गगा नेपाल भित्राउने गरेका छन भने नेपालवाट केराऊ , छोकडा , मरिच भारततर्फ तस्करहरुले सिमानाकाहरु वाट ब्यापकरुपमा भित्राउने गरेको छ।
सशस्त्र प्रहरी २ प्रदेश प्रमुख डिअाईजी चन्द्रप्रकाश गौतमले तस्करीमा कडाई गरन निर्देशन दिएपछि पर्सा जिल्लामा तस्करीबन्द भएको नाटक देखाउनको लागि किसानहरुले ल्याएको मल खाघ, प्याज , अालु , चामल , घरयासी किराना सामानहरु धमाधम पक्राउ गरि भन्सार बुझाउने गरि मात्र सर्वसाधारणहरुलाई दु:ख दिने गरेको अाम अादमीको बुझाई छ।
त्सतै सराकरले सशस्त्र प्रहरीलाई सिमानाका हुने अवैध तस्करीहरुलाई रोक्नको लागि खटाईको हुन्छ।सशस्त्र प्रहरी बल बिअोपी प्रमुखहरुले मोटो रकमको नजराना बुझि व्यापक रुपमा तस्करीको लाईन दिएर तस्करी गराउदै अाएको नाम नछाप्ने सर्तामा सशस्त्र प्रहरीको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीको सहयोगले अहिले पर्सा जिल्लाको यि नाकाहरुवाट सिमानाका हुदै नुन देखि सुन काठमाणडौ सम्मको तस्करहरुले तस्करी गरि पुर्याउने गरेको छ।
मुलुकमा सिमानाका हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको अर्थ बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठन भित्रै रहेका यस्ता भ्रष्ट प्रहरीले गर्दा सशस्त्र प्रहरीको संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जि उडाउदै पावरको गलत प्रयोग गरी आफ्नो वर्दीलाई कमाई खाने भाडो बनाएका छन । तसर्थ ः यस्ता भ्रष्ट प्रहरी अधिकारीलाई समयमै लगाम नलगाए आउने दिनमा देशको जनताले बोकेको सशस्त्र प्रहरीको माथिको उठदै गएको देखिन्छ ।यस्तो गतिविधि तर्फ माथिल्लो सम्बन्धित निकायहरुको ध्यान जान यति अावशयक देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

