Rashtriya Dainik

खुल्ला क्रीकेट प्रतियोगिता सुरु : सुर्यपुरा, खैरेनी र हरपुरको विजयी सुरुवात

रन्जीत शर्मा / नवलपरासी २० माघ ।

पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वर्डा नं ५ गेरमी काे राजनारायण मा०वि० काे खेल मैदानमा खुल्ला क्रिकेट प्रतियोगिता-२०७७ सुरु भएको छ।

पाल्हिनन्दन गाउँपालिकाकाे सहयोग तथा उत्तम समाजिक विकास संस्था , युवा सचेतना संस्था र उपकार समाज संस्था र मैत्री समाज नेपाल लगायत संस्था हरुकाे सहकार्य तथा उज्यालो भविस्य संस्थाको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ। उदघाटन कार्यक्रम आयोजक उज्यालो भविष्य संस्थाका अध्यक्ष अमरमणि गुप्ताकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हाे ।

कार्यक्रममा उत्तम समाजिक विकास संस्थाका अध्यक्ष गुड्डु गुप्ता, प्रहरी चाैकी गेरमीका ईन्चार्ज योगेन्द्र चौधरी, पत्रकार रन्जित शर्मा ,सुरेश यादव र ज्ञानेश्वर सहानी लगाएतकाे उपस्थिति रहेकाे थियाे।

प्रतियोगिताको पहिलो खेलमा सुर्यपुराले बेलासपुर माथी जित हासिल गरे सगै दोस्रो खेलमा कर्मैनीले देवकाेटा क्याम्पस माथी तथा तेस्रो खेलमा हरपुर ले पाल्ही माथी जित हासिल गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित