Rashtriya Dainik

नवलपरासीमा ३ लाख भन्दा बढीको अवैध मालसामान बरामद

देश बन्धु यादव / नवलपरासी २० माघ ।

पश्चिम नवलपरासीमा करिब ३ लाख ७७ हजार ८ सय २ रूपैयाँ मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रण गरेको छ । 

मंगलबार भारतबाट नेपालतर्फ भन्सार छली अबैध रूपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा न. २ चिसापानीबाट ११ कार्टुन टिपरको एयर फिल्टर नियन्त्रण गरिएको हो । नियन्त्रणमा लिएको मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित