Rashtriya Dainik

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा अबैध माछा नष्ट

कृष्णनगर / २० माघ

कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ डुमाई बाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी कृष्णानगर ले अन्दाजी २५०किलाे अबैध माछा बरामद गरेर नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल (बि.ओ.पी) कृष्णानगर बाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज तिमिल्सिना को कमाण्डमा ५ जनाको गाड़ी मोबाईल टोलीले भारत बाट अवैध तरिकाले नेपाल भित्राउने अवस्थामा २५० किलो माछा बरामद गरेको छ।

मंगलबार सशस्त्र प्रहरीले अन्दाजी मूल्य ८० हजार मुल्य राबरको माछा बरामद गरेको हो । गस्ती टोली लाई देखि माछा छोडेर भागे को अवस्थामा माछा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल (बिओपी) कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आर्चाय ले जानकारी दिनु भयो।

जनप्रतिनिधि , पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी उक्त माछा लाई नष्ट गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित