Rashtriya Dainik

विपी कोइरालाको १११ औं जन्मजयन्ती सुस्तामा मनाइयो

राष्ट्रिय दैनिक/ नवलपरासी

नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती सुस्ता गाउँपालिकामा मनाइएको छ।
सुस्ता गाउँपालिका वडा नं.५ नारायणी पारी सुस्ता टोलमा बि.पि. कोइरालाको जन्मजयन्ती कार्यक्रम मनाइएको हो।


नेपाली काङ्ग्रेस सुस्ता पालिका सभापति रबिन्द्र कुमार जैसवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा संविधान सभा सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु) ले प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पि.कोइरालाले नेपाली राजनीतिको विभिन्न कालखण्डमा लिनुभएको राजनिती निर्णय नै लोकतन्त्र र समाजवादको पक्षमा रहने गरेको जिकिर गर्दै काङ्ग्रेसमा मौलाएको बेथितिको राजनीतिलाई त्यागेर बि.पि.ले दिनुभएको नीति सिद्धान्तलाई लागू गर्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो।
प्रदेश सभा सदस्य कलवारले सुस्ता समस्या तत्काल समाधान गर्न राज्य गम्भीर हुनुपर्ने विचार राख्दै नागरिकताको समस्या र जग्गा धनी प्रमाण पुर्जाको प्रबन्ध गर्न पनि राज्यलाई आग्रह गर्नुभयो।
कार्यक्रममा क्षेत्रीय सभापति मुकुल कुमार आचार्य,प्रतापपुर गाउँपालिका का नेपाली काङ्ग्रेसका कार्यवाहक सभापती राजु अधिकारी,सुस्ता गाउँपालिका ५ का वडा अध्यक्ष प्रभुनाथ यादव,आदम हुसेन खान, नुरजाहा बेगम लैला लगायतले बि.पि.को जिवनीमाथि प्रकाश पार्नुभएको कार्यक्रम सञ्चालक नारायण प्रसाद पाण्डेले जानकारी दिनुभएको छ।
बि.पि. जयन्तिकै अवसरमा नारायणी नदी पारीको सुस्तामा विभिन्न जातका ५० बिरुवा पनि लगाइएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित