उमेश बि.क / नवलपरासी ,१७ माघ पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित सहिद स्मृति प्रतिष्ठान बनकट्टीमा उद्यमशिलता तालिम तथा बनभाेज कार्यक्रम सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ एवं जिल्ला महिला उद्यमी समिति नवलपरासीको संयुक्त अायाेजनामा ‘स्वदेशी उत्पादन प्रयाेग गराैँ ,नेपाली हुनमा गर्भ गराैँ ‘ भन्ने नाराकाे साथ महासंघकाे अध्यक्ष मेघराज गाैतमकाे अध्यक्षतामा उद्यमशिलता तालिम तथा बनभाेज कार्यक्रम सम्पन्न गरिएको थियाे। तालिम पश्चिम नवलपरासीकाे सातवटै पालिकाका नवगठित पदाधिकारीहरुलाई लक्षित गरि सन्चालन गरिएको थियाे। तालिममा नेपाल घरेलु तथा साना उद्योग महासंघ उद्योग अधिकृत नेत्र प्रसाद भुषालले उद्यम तथा ब्यवसाय दर्ता एवम् जिल्लामा उद्योगकाे अवस्था बारे प्रशिक्षण गर्नुभएको थियाे । त्यस्तै लुम्बिनी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उद्यम विकास स्रोत ब्यक्ति उत्तम श्रेष्ठले उद्यशिलता सम्बन्धि तालिम सहजिकरण गर्नुभएको थियाे। तालिम तथा बनभाेज कार्यक्रममा जिल्ला अन्तर्गतका ८० जना अगुवा उद्यमिहरुकाे सहभागीता रहेको थियाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।