राष्ट्रिय दैनिक / नवलपरासी ,१७ असाेज।
नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवाद पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ मा समेत देखिएको छ।
लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व वन मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) को नाम गगन थापा नेतृत्वको कांग्रेसको सूचीबाट हटाइएको भनिए पनि देउवा पक्षको सार्वजनिक विवरणमा भने उनको नाम कायम रहेको देखिएको छ।
प्रतापपुर–६ को सार्वजनिक क्रियाशील सदस्यता नामावलीमा कलवारको नाम क्रम संख्या ८३३ मा ‘Old’ श्रेणीसहित उल्लेख छ। सूचीमा उनको क्रियाशील सदस्यता नम्बर 549012030600082/13-14 रहेको देखिन्छ।
एउटै व्यक्तिको क्रियाशील सदस्यता एउटा पक्षको सूचीमा नदेखिनु र अर्को पक्षको विवरणमा सदस्यता नम्बरसमेत कायम रहनुले कांग्रेसभित्र क्रियाशील सदस्यताको अभिलेख र नवीकरण प्रक्रियामाथि प्रश्न उठाएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

