काठमाडौं , ५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारमा जान हतार नगर्ने बताएका छन् ।
बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले तत्काल सरकारमा जानतिर लाग्न नहुने बताए । तर अबदेखि सरकारमा जाँदै जाँदैनौं भन्ने पनि सही नभएको उनले बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौं, सरकार नै हामीसँग आउनुपर्छ।’
१८ महिना सरकारको नेतृत्व गर्दा गरेको राम्रो कामबाट तर्सिएर कांग्रेस र एमालेले सरकार ढालेको अध्यक्ष प्रचण्डको दाबी छ ।
सरकार छाड्दा पनि उच्च मनोबलका साथ आएको अध्यक्ष प्रचण्डले बताए । उनले आफु नेतृत्वको सरकारले जनताको बीचमा राम्रै छाप छाडेको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

