Rashtriya Dainik

नेपाल र बङ्गलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं,४ भाद्र : काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन् ।

समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बङ्गलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका हुन् । समुह ए का दुवै खेलमा हार बेहोरेपछि श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो भने सोमबार भएको समुह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो ।

समुह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलङ्का सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बङ्गलादेशले आफ्नो पहिलो खेल खेल्दै छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बङ्गलादेश र श्रीलङ्कासँगै रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल बिहिबार बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित