काठमाडौं ,४ भदौ
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको गुनासो गरेका हुन् । नेता कोइरालाले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे ।
शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने भन्दै नेता कोइरालाले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । कोईरालाले नागरिकले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेकोमा समेत चिन्ता प्रकट गरे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

