Rashtriya Dainik

वडा कमिटी अधिवेशन : ७ काे अध्यक्षमा विजय चाैधरी र ५ काे अध्यक्षमा उमानाथ भट्टराई

विजयनगर, ४ भदौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले विजयनगर गाउँपालिकाकाे ७ नम्बर वडा कमिटीको अध्यक्ष विजय कुमार चाैधरी र ५ नम्बर वडा कमिटीको अध्यक्षमा उमानाथ भट्टराई चयन भएका छन् । वडा कमिटीको दाेस्राे अधिवेशनबाट चाैधरी र भट्टराईलाई सर्वसम्मत चयन गरिएको जनाइएको छ ।

वडा नम्बर ७ मा विजय कुमार चाैधरीकाे नेतृत्वमा १३ सदस्य वडा कमिटी गठन गरिएको छ । जसकाे उपाध्यक्षमा राम गाेपाल चाैधरी, सचिवमा माेहम्मद इस्लाम मियाँ र उप-सचिवहरुमा राजु पासी र राेशनी क्षेत्री चयन भएका छन् ।

यस्तै वडा नम्बर ५ मा उमानाथ भट्टराईकाे नेतृत्वमा १५ सदस्य वडा कमिटी गठन गरिएको छ । जसकाे उपाध्यक्षमा चन्द्रा पासी, सचिवमा चित्र बहादुर बलाल र सचिवहरुमा अर्जुन कुमार गुप्ता र माेहम्मद मक्शुद हुसेन खान चयन भएका छन् ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापाले संगठित हुँदै एमालेलाई मजबुत बनाउनुपर्ने बताएका छन् । उनले हरेका क्षेत्रकाे विकासका लागि संगठन आवश्यक रहेकाे बताउँदै एकताबद्ध भई अगाडी बढ्नुपर्ने बताए । समाज परिवर्तनका लागि सबैले चिन्तन गर्नुपर्ने जिकिर गर्दै एमाले नेतृत्व सरकारकाे बेलामा जहिल्यै पनि गर्व गर्न सक्ने खालकाे याेजना बनेकाे र विकासले गति लिएकाे थापाकाे भनाई छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार त्रिवेणी कुर्मी। नेकपा एमाले गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहा, जिल्ला सदस्य लाेकेश बहादुर थापा, वडा इन्चार्ज अनवर माेहम्मद मुसलमान, एमाले नेता दिनेश कुमार चाैधरी लगायत नेता कार्यकर्ताहरुकाे उपस्थिति थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित