तुलसी राम पौडेल / फर्साटिकर, माघ १७ रुपन्देहीको शुद्दोधन गाउपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसको १८औ स्थापना दिवस तथा सहिद दिवसको अवसरमा क्याम्पसको आयोजना तथा संचालक समिति, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको संयुक्त सहभागितामा क्याम्पस परिसर तथा समुदाय स्तरमा सरसफाइ कार्यक्रमको आयोजना गरियो । कार्यक्रम विभिन्न कालखण्डमा नेपाल र नेपालीका निमित्त सहादत प्राप्त गर्ने बिर सहिदहरूको स्मरणमा प्रति १ मिनेटको मौनधारण पश्चात् संचालन भएको थियो ।सरसफाई अभियान क्याम्पस नजिकका समुदायमा सरसफाई सम्बन्धी जनचेतना अभिबृद्दी मा केन्द्रित रहदै सम्पन्न गरियो। कार्यक्रममा आफ्नो धारणा राख्दै क्याम्पस संचालक समितिका अध्यक्ष मणि प्रसाद खनालले सहिदहरूले देश र जनताका लागि ज्यानको बाजी लगाइ समाज तथा राष्ट्रको परिवर्तनका लागि खेलेको योगदानको कदर गर्दै सहिदहरूको योगदानको प्रशंसा गर्नु भयो । साथै क्याम्पसको गुणास्तर सुधार तथा शैक्षिक प्रगतिका लागि संचालक समिति, प्राध्यापक कर्मचारी तथा अभिभावक-विद्यार्थीहरूको समन्वय, मेहनत तथा लगावबाट मात्र सम्भव रहने विचार व्यक्त गर्नु भयो । विभिन्न संक्रामक रोग बाट बच्नका लागि रोगप्रतिरोधात्मक क्षमता बृद्दी व्यक्तिगत सरसफाइ तथा सफा स्वच्छ वातावरणबाट मात्र सम्भव हुने, त्यसका लागि क्याम्पस तथा समुदायमा सरसफाइको अभियान संचालनको अपरिहार्यता लाई जोडदिदै यस्ता अभियान र अग्रसरता दुवै पक्षको सहकार्य मा समय समयमा हुनुपर्ने विचार क्याम्पस प्रमुख टंक प्रसाद पौडेलले राख्नु भयो । कार्यक्रमको अध्यक्षता संचाल समिति अध्यक्ष मणि प्रसाद खनालले गर्नु भएको थियो भने सहायक क्याम्पस प्रमुख भेषराज ढकालले संचालन गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।