Rashtriya Dainik

भाथा बाबाको दर्शन गरेर फर्किने क्रममाफट्याक्टर खस्दा चालकको मृत्यु

राजन कुमार बानिया /पर्सा, २८ साउन

पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिखमपुर गाउँ नजिक दर्शनार्थी बोकेको ट्रेकटर नहरमा पल्टदा ट्रेक्टर चालकको घटना स्थलमा मृत्युु भएको छ। ट्रेक्टरमा सवार अाधा दर्जन भन्दा बढि दर्शनार्थीहरु समान्य घाईते भएका छन।

पटेर्वासुगौली गाउँपालिकाको सोनवर्षा रामभौरी भाथा दुधेश्वरनाथ बाबाको दर्शन गरी मेला हेरी फर्की रहेको अवस्थामा जानकी टोला देखि हरिहरपुर जाने नहर बाटोमा ट्रेक्टर पल्दा चालकको घटना स्थलमा मृत्यु भएको छ।

प्रत्क्षदर्शीहरुका अनुसार दर्शनार्थी बोकेको ट्रेकटर तेज गतिमा रहेको कारण नहर बाटोमा बालबालिका र बाख्रा बचाउन ट्रेकटर अनियन्त्रित भई नहरमा पल्टिंदा चालकको घटना स्थलमा मृत्युु भएको छ।

घटनाको सुचना पाउने बितिकै घटना स्थलमा ईलाका प्रहरी कार्यालय जानकी टोला र ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक राजन ढकालको नेतृत्वमा रहेको टोली पुगि नहरको पानीमा ट्रेकटरमा दबिएको चालकको शव जेसिबी बाट ट्रेकटर ताने मृतकका शव निकालिएको प्रहरीले जनाएका छन।

मृतकको पहिचान पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं २ टिहुकी गाउँ निवासी ५० वर्षीय प्रेम मुखिया बिन रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले जनाएका छन। भाथा बाबाको मेला हेरी टिहुकी घर तरफ फर्की रहेको ट्रेक्टर प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्रेक्टर पल्टेको प्रहरीले जनाए का छन।

प्रहरीले मृतकका शव नहरको पानीबाट निकालेर एम्बुलेन्समा लोड गरि पाेस्टमार्टमकाे लागी नारायणी अस्पताल पठाएको छ। ट्रेक्टरमा २२ जना सवार रहेको थियो। त्यसमध्य अाधा दर्जन भन्दा बढि दर्शनार्थीहरु समान्य घाईते भएको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित