Rashtriya Dainik

सरावलकाे बाटोमा लत्रिएको इन्टरनेटको तारबाट करेन्ट लाग्दा एक महिलाको अवस्था गम्भीर

राष्ट्रिय दैनिक / नवलपरासी ,२७ साउन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलकाे बाटोमा लत्रिएको इन्टरनेटको तारबाट करेन्ट लाग्दा एक जना महिलाकाे अवस्था गम्भीर रहेको छ ।

सरावल गाउँपालिका–३ सरावल बस्ने २५ वर्षीय गिर्जा दुसाधलाई आइतबार साझ ३ बजेकाे समयमा पाेलबाट बाटोसम्म लत्रिएको इन्टरनेटको तारबाट करेन्ट लाग्दा अवस्था गम्भीर भई पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको हाे।

आइतबार दिउँसो छिमेकीको घरमा जानेक्रममा बाटाेमा लत्रिएको इन्टरनेटको तार हातबाट हटाउदा छुने बितिक्कै करेन्ट लागेकाे श्रीमान टेक बहादुर दुसाधले बताएका छन।

करेन्ट लाग्नसाथअवस्था गम्भीर रहेको हुनाले दुसाधलाई पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको हाे। साथै करेन्ट लागेको खबर प्राप्त हुनासाथ प्रहरी ,स्थानीय र इन्टरनेट सेवा प्रदायक ब्यक्तिकाे राेहबरमा तार ब्यवस्थित गरिएको हाे।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरीकाले झुन्ड्याइएका तारकाे कारण गाउँ कुरुप भएको छ। अब्यवस्थित तारकाे कारण आगलागी लगायतका विद्युतीय दुर्घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन।

इन्टरनेटको तार बिद्धुतिय पाेलबाट बाधेर सप्लाई गरिएको हुनाले बिद्धुतिय तार र इन्टरनेटको तार सट्नगई लाइन उत्पन्न भई करेन्ट लाग्न सक्ने अनुमान गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित