Rashtriya Dainik

सरावल गाउँपालिका अध्यक्ष चाैधरी तथा वडा नम्बर ६ वडा अध्यक्ष गुप्ता बाढी प्रभावित क्षेत्रमा

राष्ट्रिय दैनिक /नवलपरासी ,२३ साउन

बाढी प्रभावितको अवस्था र क्षतिको अवलोकन गर्न पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र सरावल ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता बाढी स्थलमा पुगेका हुन।

बर्षाकाे कारण खेत जलमग्न भएको नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ खडाैना ,मधवलिया, नाैडिहवा र वडा न ७ भुजहवा सहित आसपासको क्षेत्र पालिका अध्यक्ष चाैधरी तथा वडा अध्यक्ष गुप्ता, समाजसेवी झिन्कु चाैधरी ,घनश्याम चाैधरी , लच्क्षिमीकान्त चाैधरी सहितको टाेलि बाढी अवलोकन गरेका हुन ।

बर्षाका कारण साे क्षेत्र खेत डुबान हुँदा स्थानीयकाे खेतीपाती समेत प्रभावित बनेको थाहा पाउन साथ साे स्थानमा पुगेर जनताकाे समस्या बुझ्दै पहलकाे लागि प्रक्रिया अगाडि बढाउनकाे लागि स्थलगत अवलोकन गरेको पालिका अध्यक्ष चाैधरीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

बाढी प्रभावित क्षेत्रको अवलोकन गरेपछि पालिका अध्यक्ष चाैधरीले ग्रामीण भेगमा अहिलेसम्म पनि पानिले बाध भत्काएकोमा धानबालीलाई नाेक्सान हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको हाे।

अध्यक्ष चाैधरीले झरही नदि र धनेवा नदिकाे कारणले पानीले निकास नपाएकाले र हरेक बर्ष गाउँमा पानी पस्दा डुबानमा परेकोले बाढीबाट हुने क्षति न्युनिकरणका लागि साइफन निर्माणका लागि तीस लाख बजेत बिनियाेजन गरेको बताउनुभयो । बाध मर्मत तथा खाेला सफाइकाे काम पनि छिट्टै अगाडि बढाइने बताउदै जनताकाे सुखदुःखमा हमेसा साथ रहने प्रतिब्द्वता ब्यक्त गर्नुभएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित